• फाल्गुन २३ २०८२, शनिबार

विप्लव र मिराज ढुंगाना समूहबीच जेनजी विद्रोहका माग पूरा गर्न संघर्ष गर्ने सहमति

माघ १ २०८२, बिहीबार

काठमाडौं । नेकपा (माओवादी) र जेनजी अगुवा मिराज ढुंगाना समूहबीच सर्वपक्षीय सरकार गठन गर्न संघर्ष गर्ने सहमति भएको छ ।

बिहीबार (माघ १) माइतीघरमा दुई पक्षबीच चार बुँदे सहमति भएको नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जानकारी दिए ।

हस्ताक्षरपछि माइतीघरमा आयोजित कार्यक्रममा विप्लवले ऐतिहासित सहमति भएको दाबी गरे ।

अन्तरिम सरकार गठनका लागि संघर्ष गर्ने, राज्यको अग्रगामी पुनर्संरचना गर्ने, सर्वपक्षीय सहमतिका लागि पहल गर्ने, भ्रष्टाचारविरुद्ध विशेष न्यायिक निकाय गठन गर्ने र जेनजी विद्रोहका माग पूरा गर्न संघर्ष गर्ने विषयमा दुई पक्षबीच सहमति भएको उनको भनाइ छ ।
आन्दोलन गन्तव्यमा नपुग्दासम्म आन्दोलनको विषय बनिरहने विप्लवले बताए ।