रोल्पाली सेवा समाज रोल्पाको तेस्रो केन्द्रिय अधिवेशन रोल्पाको त्रीवेणी गाउपालिका ५ जुँगारमा माघको १० गते गर्ने तय भएको छ ।

“मातृभूमिका लागि विश्वभरका रोल्पालीहरू गोलबन्द हौँ” भन्ने मूल नारासहित स्थापित रोल्पालीहरूको साझा संस्था रोल्पाली सेवा समाज,रोल्पाको तेस्रो केन्द्रीय अधिवेशन आफ्नै गृह जिल्ला त्रिवेणी गाउँपालिका ५ जुगार रोल्पामा सम्पन्न गर्ने केन्द्रिय महासचिव शेर बहादुर डागीले जानकारी दिनु भएको हो।
अध्यक्ष डिलाराम वलीले नेतृत्व गरेको रोल्पाली सेवा समाजले धेरै सामाजिक कार्यहरु गर्दै आएको छ। समाजले बिरामी, घाइते भएका रोल्पालीहरुलाई उपचारमा सहयोग गर्दै आएको छ। साथै बिदेशमा अलपत्र परेका नेपाली महिला र पुरुषहरुको उद्वार पनि गर्दै आएको छ।
रोल्पाली सेवा समाज रोल्पाले अहिलेसम्म विभिन्न १८ वटा राष्ट्रमा र दाङमा आफ्नो शाखाहरु बिस्तार गरि सकेको महासचिव डागीले बताउनु भयो । समाज सेवालाई मुल धर्म बनाएर सकृय समाज सेवामा होमिएको रोल्पाली सेवा समाज रोल्पाले यसपटक अधिवेशन सङ्गै संगठनको स्मारिका पनि प्रकाशन गर्ने भएको छ। स्मारिका भविस्यमा संगठनको बलियो दस्तावेजको रुपमा रहने छ। समारिकामा संगठनका महत्त्वपूर्ण दस्तावेजहरु सम्मीलित हुनुको साथै रोल्पाको बारेमा बिस्तृत रुपमा चित्रण गरिएको महासचिव डागीले बताउनु भयो ।
यसपटक हुन गइरहेको महत्त्वपूर्ण तेस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै समाजलाई थप परिमार्जन र जुझारु बनाउने साथै समाजलाइ चलायमान बनाउन र सामाजिक सेवालाई थप उचाइमा पुराउन धेरै संकल्प गर्नुपर्ने र गरिएको संकल्पलाई पुरा गर्न सक्ने नेतृत्व चयन गर्नु पर्ने भएको हुँदा उक्त अधिवेशनलाई भव्य,सभ्य र सफल बनाउनको लागि महासचिव डागी बताउनु भयो ।
उहाँले संस्थाका केन्द्रीय सल्लाहकार,केन्द्रीय तथा शाखा समितिका पदाधिकारी,आजीवन एवं साधारण सदस्यज्यूहरू तथा देश–विदेशमा रहनुहुने सम्पूर्ण आदरणीय रोल्पाली आमाबुवा,दाजुभाई दिदिबहिनी लगायत सम्पूर्ण शुभेच्छुकहरूमा उपस्थितिको लागि हार्दिक आव्हान गर्नु भएको छ। अधिवेशन भब्य रुपमा सफल पार्नको लागि देश तथा विदेशबाटआर्थिक सहयोग प्रात भैरहेको समेत महासचिव डागीले गोलखबर मिडियालाई जानकारी दिनु भयो।
