• फाल्गुन २३ २०८२, शनिबार

देउवा नेतृत्वको कांग्रेस केन्द्रीय समिति अस्ति नै भंग भएको हो-गगन थापा

पुष ३० २०८२, बुधबार

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय समिति भंग भएर नयाँ नेतृत्व चयन गर्ने बताएका छन् । विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै थापाले आफूहरु आधिकारिक काँग्रेस भएको बताउँदै बहुमत महाधिवेशन प्रतिनिधि भृकुटीमण्डपमा रहेको बताए ।

सानेपाको केन्द्रीय समिति अस्ति नै भंग भएकाले त्यसले गर्ने निर्णयमा आफ्नो कुनै प्रतिक्रिया नभएको उनले बताए । नेपालको निर्वाचन आयोग र कानुनप्रति विश्वास भएको बताउँदै विशेष महाधिवेशनमा बहुमत प्रतिनिधि सहभागी रहेको विश्वले हेरिरहेको बताए ।