• फाल्गुन २३ २०८२, शनिबार

देउवाले गगन र विश्वलाई कारवाही गरेसँगै कांग्रेस विभाजन नजिक, देउवाविरूद्द नाराबाजी

पुष ३० २०८२, बुधबार

काठमाडौँ । नेपाली कांग्रेस विभाजनको अवस्थामा पुगेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले तीन पदाधिकारीलाई कारबाहीको घोषणा गरेसँगै पार्टी विभाजनको अवस्थामा पुगेको हो ।

विशेष महाधिवेशन पक्षधर नयाँ नेतृत्व चयनको अन्तिम तयारीमा जुटिरहेकै बेला संस्थापनले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई ५ वर्षसम्म साधारण सदस्य समेत नरहने गरी कारबाहीको घोषणा गरेको हो ।

यो निर्णयसँगै विशेष महाधिवेशन स्थलमा भने आक्रोश पैदा गरेको छ । विशेष महाधिवेशन पक्षधर नेता कार्यकर्ताले सभापति शेरबहादुर देउवाको विरोधमा चर्को नाराबाजी गरिरहेको छ ।

अहिले भृकुटीमण्डपमा नेता कार्यकर्ताहरूको चहलपहल निकै बढेको छ । कांग्रेसको निर्णयअघि भृकुटीमण्डपमा खासै नेता कार्यकर्ता नभएकामा निर्णय पछि भने चहलपहल बढेको हो ।