काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रदर्शनकारीहरूलाई मृत्युदण्ड दिएमा कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।
गत हप्ता पक्राउ परेका २६ वर्षीय इरफान सोल्टानीका आफन्तहरूले उनलाई बुधबार मृत्युदण्ड दिइने बताएपछि ट्रम्पले इरानलाई यस्तो चेतावनी दिएका हुन् ।
मानव अधिकारका लागि हेन्गाव संगठनका एक प्रतिनिधिले इरानले प्रदर्शनकारीलाई कारवाही गर्ने प्रक्रिया छिटो अगाडी बढाएको बताएका छन् ।
सोल्टानीका एक आफन्तले इरानी अदालतले छिटो प्रक्रिया अगाडी बढाएर दुई दिनमै भित्र मृत्युदण्डको सजाय सुनाएको छ । यसअघि इरानका सर्वोच्च नेता र राष्ट्रपति दुवैले प्रदर्शनकारीलाई कडा सजाय दिने बताएका थिए ।