• फाल्गुन २३ २०८२, शनिबार

राष्ट्रपति पौडेलकी छोरी संज्ञा पोखरेलले लिइन् समानुपातिक सूचीबाट नाम फिर्ता

पुष २९ २०८२, मंगलवार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेलले समानुपातिकको बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिएकी छन् ।

प्रतिनिधिसभाको समानुपातिक सांसदका लागि कांग्रेसले निर्वाचन आयोगमा बुझाएको सूचीमा संज्ञाको नाम रहेकोमा उनले सोमबार आयोग पुगेर नाम फिर्ता लिएकी हुन् ।

कास्कीकी पोखरेल नेपाल महिला संघको राजनीतिमा सक्रिय रहँदै आएकी छिन् । राष्ट्रपतिकी छोरीलाई समानुपति सुचीमा राखेको भन्दै पार्टी भित्र व्यापक असन्तुष्टि रहेको थियो ।