• फाल्गुन २३ २०८२, शनिबार

नायक लामा र नायिका थोकरको अभिनय रहेको ‘चु ल्हुई’ बजारमा आयो

पुष २८ २०८२, सोमबार

काठमाण्डौ । गायिका सुस्मिता स्याङ्तान र गायक सुवास दोर्जे थिङको आवाजमा सजिएको ‘चु ल्हुई’ सार्वजनिक भएको छ । म्यूजिक भिडियोमा तामाङ चलचित्र क्षेत्रका स्थापित तथा लोकप्रिय नायक एवम् मोडल सञ्जय लामा र नायिका तारा थोकरको अभिनय रहेको छ । गीतलाई एचएमएम मिडियाको अफिसियल युटुब च्यानलमार्फत् बजारमा ल्याएको हो ।

जसमा निर्देशक तथा कोरियोग्राफर विक्रम लुङ्बाको उत्कृष्ट निर्देशन र प्रज्वल राउतको सिनेमाटोग्राफी प्रष्ट झल्किन्छ । पछिल्लो समय एकपछि अर्को गीत पस्कँदै आएकी गायिका सुस्मिताको स्वरले यस गीतलाई छुट्टै उचाइ दिएको छ ।

विवेक लोप्चनको शब्द र सङ्गीत रहेको यस गीतमा सानुबाबु घिसिङको एरेन्ज रहेको छ । पारिजात नेपाल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यस गीतलाई कार्साङ लामाले मिक्सिङ र मास्टरिङ गरेका हुन् भने मेकबहादुर थापाले सम्पादन र कलर ग्रेडिङ, नरेश खरेलको मेकअप मार्फत् भिडियोलाई निकै स्तरीय बनाएका छन् ।https://youtu.be/-UfmWi9t3-Y