• फाल्गुन २३ २०८२, शनिबार

देशभरको मौसम: तराई भू–भागका केही स्थानहरूमा हुस्सु

पुष २८ २०८२, सोमबार

काठमाडौं  । नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको छ। हाल देशभरको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो रहनेछ। महाशाखाका अनुसार देशका पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

आज राति तराई भू–भागका केही स्थानहरूमा हुस्सु रहनेछ। देशका पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।