• फाल्गुन २३ २०८२, शनिबार

बाइसधारामा सिन्धुलीय श्रेष्ठ समाजको वनभोज कार्यक्रम

पुष २७ २०८२, आईतवार

काठमाडौं । सिन्धुलीबाट काठमाडौं आइ बसोबास तथा व्यापार, व्यवसाय गर्दै आएका सिन्धुलीयहरुको सकृयतामा काठमाडौंको बाइसधारामा एक वनभोज कार्यक्रम सम्पन्न भएको छ ।
सिन्धुलीय श्रेष्ठ समाजको आयोजनामा भएको सो वनभोज कार्यक्रममा बयस्क, बृद्धबृद्धा र बालबालिकासहित सयौंको सहभागीता रहेको थियो । कार्यक्रममा नाचगानसहितको मनोरञ्जनका साथै विभिन्न खेलहरु पनि आयोजना गरएको थियो ।

सो अवसरमा महिलातर्फ खेलाइएको म्यूजिकल चेयर खेलमा अनिता श्रेष्ठ प्रथम भएकी थिइन् भने उनले रु. १ हजार नगद पुरस्कार प्राप्त गरेकी थिइन् । त्यस्तै सो खेलमा अम्बिका दंगाल दोस्रो भइन् भने सुनिता श्रेष्ठ तृतीय भएकी थिइन् ।

दंगाल र श्रेष्ठलाई रु. ३ सयका दरले नगद पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै बालबालिकाहरुको सहभागीतामा भएको अर्को उफ्रने र देशको नाम चिन्ने खेलमा सेन्ट म्यारिज विद्यालयमा अध्ययनरत छात्रा जिविका श्रेष्ठ प्रथम भइ रु. १ हजार नगद पुरस्कार प्राप्त गरिन् ।

साथै सोही खेलमा सहभागीको अर्को समूहबाट सविना श्रेष्ठले पनि प्रथम पुरस्कार हात पारिन् । सोही अवसरमा भएको बल पास गर्ने पुरुषतर्फको खेलमा सन्तोष श्रेष्ठ प्रथम भइ रु. ५ सय नगद पुरस्कार जितेका छन् ।

सो अवसरमा लोकदोहोरी गायक भीमसेन खतिवडा र राधिका ढकालले सहभागीहरुलाई विभिन्न काँठे भाकामा गीत गायर नचाएका थिए । कार्यक्रमको समापनपछि सहभागीहरुलाई नेवारी परिकारहरु खुवाइएको थियो । कार्यक्रममा समाजका अध्यक्ष युवराज श्रेष्ठ लगायतका पदाधिकारी र समाजसेवीहरुको सहभागीता थियो ।