• फाल्गुन २३ २०८२, शनिबार

उत्तर कोरियाले दक्षिण कोरियाको जासुसी ड्रोन खसाल्यो, सियोलसँग माग्यो स्पष्टीकरण

पुष २७ २०८२, आईतवार

पुस २७, काठमाडौँ । उत्तर कोरियाले दक्षिण कोरियामाथि आफ्नो देशको हवाई क्षेत्र उल्लङ्घन भएको आरोप लगाएको छ ।
सर्वोच्च नेता किम जोङ–उनकी बहिनी किम यो जोङले यस विषयमा दक्षिण कोरियासँग विस्तृत ‘स्पष्टीकरण’ माग गरेकी छिन् ।
दक्षिण कोरियाबाट उडेको ड्रोन उत्तर कोरियाली भूभागमा प्रवेश गरेको आरोप उनको छ ।

जनवरी १ मा उत्तर कोरियाले दक्षिण कोरियाको सीमावर्ती काउन्टी गाङवाबाट उडेको एक मानव रहित हवाई यान उत्तर कोरियाली सहर केसोङमा प्रवेश गरेको जनाएको थियो ।

उक्त ड्रोनलाई गोली हानेर खसालिएको दाबी गर्दै त्यसका भग्नावशेषका तस्वीर पनि सार्वजनिक गरेको छ । तर सियोलले यो आरोप अस्वीकार गर्दै आफ्नो रक्षा मन्त्रालयमार्फत् उक्त ड्रोन दक्षिण कोरियाली सेनाले प्रयोग गर्ने मोडेलको नभएको स्पष्ट पारेको छ ।