काठमाडौँ । चर्चित गायक प्रशान्त तामाङको हृदयघातका कारण निधन भएको छ । उनको आइतबार निधन भएको तामाङकी श्रीमतीलाई उदृत गर्दै निर्माता राजेश कौशलले पुष्टि गरेका छन् ।
प्रशान्तकाे नयाँ दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । इन्डियन आइडल जितेका तामाङ नेपालमा पनि चर्चित थिए । उनले गायका थुप्रै नेपाली गीत चर्चित छन् ।
तामाङले सलमान खानको फिल्म ‘ब्याटल अफ गलवान’ बाट बलिउडमा डेब्यू गरेका थिए ।