• फाल्गुन २३ २०८२, शनिबार

नाउपाका सांसद र एमाले पूर्वकेन्द्रीय सदस्य विष्ट उज्यालो नेपाल प्रवेश

पुष २६ २०८२, शनिबार

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका लुम्बिनी प्रदेश सभा सदस्य धर्मलाल चौधरी कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी (उनेपा) प्रवेश गरेका छन् ।

चौधरी लुम्बिनी प्रदेशका पूर्वमन्त्रीसमेत हुन् । नेकपा माओवादी पूर्वसांसद ठम्मर विष्ट पनि उज्यालो पार्टीमा प्रवेश गरेका छन् । चौधरी र विष्ट शनिबार उज्यालो नेपाल पार्टी प्रवेश गरेका हुन् ।

सुर्खेत घर भएका विष्ट एमालेका मनोनित पूर्वकेन्द्रीय थिए, हालै सम्पन्न एमालेको ११औँ महाधिवेशनमा भने उनी केन्द्रीय सदस्य पदमा पराजित भएका थिए ।

शनिबारै अभियन्ता डा.नरबहादुर कार्की पनि उनेपा प्रवेश गरेका छन् । उनीहरूलाई नवनियुक्त पार्टी अध्यक्ष घिसिङले पार्टीमा स्वागत गरेका थिए, तीनै जनालाई उनेपाले केन्द्रीय सदस्य बनाएको छ ।