• फाल्गुन २३ २०८२, शनिबार

देउवामाथि ‘संदिग्ध तानाशाह’काे आरोप लगाउँदै गाेपालमानले दिए गगन थापालाई साथ

पुष २६ २०८२, शनिबार

काठमाडौं । कांग्रेस नेता गोपालमान श्रेष्ठले सभापति शेरबहादुर देउवा ‘संदिग्ध तानाशाही’ भएको आरोप लगाउँदै साथ छाडेको घोषणा गरेका छन् ।

उनले युवा नेताहरु गगन थापा र विश्वप्रकाश शर्मालाई साथ दिने प्रतिबद्धता पनि जनाएका छन् । एक संचारमाध्सँयमग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
“सभापतिज्यूको चरित्र संदिग्ध भयो । अझै पनि चेत पसेन । तानाशाही प्रवृत्ति दोहोर्‍याएको दोहोर्‍याइ गर्नुभयो,” श्रेष्ठले भने, “१४औँ महाधिवेशनमा मैले जे गरेँ, त्यो गलत गरेको रहेछु ।”

उनले देउवाबाट आफूले पटक पटक धोका पाएको बताउँदै अब गगन थापा र विश्वप्रकाश शर्मालाई अघि बढाउने बताएका छन् ।

“बेइमान पनि कहाँ कति भयो भन्ने कुरै छाडिदिउँ,” उनले भने, “यो अन्याय र ज्यादती र तानाशाही नेतृत्वलाई कति हेरेर बस्ने ? मैले अब गगन थापालाई अघि बढाउने हो ।”