काठमाडौँ । जेनजी अभियन्ता सुदन गुरुङले गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन् ।
गुरुङले आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरुवात भन्दै सामाजिक सञ्जाल मार्फत उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।
सुदन राजनीतिक रुपमा कुनै दलमा अहिलेसम्म प्रवेश भने गरेका छैनन् । उनले पहल गरेर बालेन शाह र कुलमानलाई रास्वपामा प्रवेश गराएका थिए ।
गत निर्वाचनमा गोरखा-१ बाट नेपाली कांग्रेसका राजेन्द्र बजगाईं ३३ हजार ४२८ मत प्राप्त गरि विजयी भएका थिए ।
उनले एमालेका राम शरण बस्नेतलाई पराजित गरेका थिए । यस क्षेत्रमा रास्वपाले ४ हजार ८९२ मत प्राप्त गरेको थियो ।