काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले आज केन्द्रीय सदस्य भेला आयोजना गर्दैछ ।
केन्द्रीय सदस्यहरुको भेला बिहान १० बजे बानेश्वरस्थित आनन्दभूमि पार्टी प्यालेसमा बोलाइएको छ । भेलामा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आव्हान गरेको विशेष महाधिवेशन पछिको परिस्थितिको रणनीति बारे छलफल हुने बताइएको छ ।
संस्थापन पक्षले विशेष महाधिवेशनको दिन २७ गत युवा भेला र २८ गते जिल्ला सभापतिहरुको भेला पनि बोलाएको छ ।