काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका- ३, लप्सीफेदीस्थित जर्सिङपौवा–साँखु सडकखण्डमा भएको बस दुर्घटना मृत्यु हुनेको संख्या चार पुगेको छ । दुर्घटनामा मृत्यु हुनेमा तीन महिला र एक पुरुष छन् ।
बुधबार जर्सिङपौवाबाट पिकनिक गएर साँखुतर्फ फर्किने क्रममा महानगर यातायातको बा ४ ख ८७८८ नम्बरको बस दुर्घटनामा परेको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले चार जनाको मृत्यु पुष्टि भएको र अन्य २२ जना घाइते भएका जानकारी दिए।
साँझ ६ बजेतिर उक्त बस दुर्घटना भएको थियो। दुर्घटनामा २२ जना घाइते भएका छन्। उनीहरूको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको नेपाल मेडिकल कलेज, शङ्खरापुर अस्पताल, मूलपानी नगर अस्पतालमा र सुष्मा कोइराला अस्पतालमाउपचार भइरहेको छ।
‘नेचर हर्व’ संस्थाका कर्मचारी वनभोज खाएर आएको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ।