नेपालको सर्वभौैमिकता नष्ट गर्न खडा गरिएका पात्रदेखि सतर्क भइएन भने देशको स्वाधिनता खतरामा छ । सिंहदरबार र न्यायालय जलाएर महान बन्न खोज्ने गरिव किसान, मजदुरको पेट कसेर जम्मा गरेको सहकारीको पैसा हिनामिना गर्ने वा बारबरा फाउण्डेसनको सदस्य र दोहोरो नागरिकता बोकेर आज आएका छन् । यसले नेपालको स्वाधिनता होइन कुनै ठाउँवाट परिचान ब्यक्तिले नेपालको स्वाधिनतामा खतरा पैदा भएको छ ।
अमेरिकी साम्राज्यवादी नीतिले विश्व एक अर्को द्धन्द्धमा फस्दै गएको छ । सन् १९८१ मा पानामामा आक्रमण गरी सैन्य नेता मानुयल नोरियललाई पदच्युत र सन् १९८८ लागु तस्करी अभियोग लगाएका थिए । अमेरिकी साम्राज्यवादको विरुद्ध अफगानिस्तानमा सन् २००१ तालिबान बिरुद्ध कारवाही, इराकमा (२००६) मा सद्दाम हुसेनको हत्या, यो सँगै युक्रेनमा लेखक अभिनेता, हास्य कलाकार र (निर्देशक सन् २०१९ मा) भोलोदोमिर जेलेन्स्कीलाई राष्ट्रपतिमा निर्वाचित गराएर त्यहाँको राज्य सत्ता हात पार्न सफल भएको अमेरिका रुसमाथि हमला गरिरहेको छ । युक्रेनी जनतालाई ढाल बनाएर आफ्नो स्वार्थ लुट्दै छ । त्यसैगरी भेनेजुयलाका राष्ट्रपति निकोलस मादुरो गिरस्तार हुँदा साम्राज्यवादी अमेरिकी नाङ्गो हस्तक्षेप विश्वभर उदाङ्गो भएको छ ।
सन् १९९० देखि ह्यूगो चाभेज राष्ट्रपति भएदेखि त्यहाँको खानीमा आँखा लगाएको अमेरिकाले धेरै पटक हस्ताक्षेप गर्न खोज्यो र उनलाई धेरैचोटी मार्न खोज्यो । वामपन्थी सरकार ढालेर त्यहाँको तेल लुट्न नसकेपछि अमेरिकाले भेनेजुयलाविरुद्ध आँखा लगाइरह्यो तर भेनेजुयला त्यसको विरोधमा लडिरह्यो ।
भेनेजुयलाले विश्वका कम्युनिष्ट र देशभक्त धारसँग सहकार्य गर्दै आयो । यसपछि नाकाबन्दी गर्दै दुःख दिँदै आएको अमेरिका र त्यहाँको सत्ता कब्जा गर्ने योजनामा रहेको अमेरिकाले त्यहाँ भित्र आफ्ना जासुसी खडा गरी त्यहाँको भौगोलिक वातावरण, राज्यसत्ताको अनुगमन गरेको थियो यसमा पनि उसको आँखा त्यहाँको तेल खानी र सुन खानीमा थियो । यहि योजना अनुसार सन् २०२६ जनवारी २ मा युक्रेन माथि हमला गरी निकोलस मादुरोलाई अपहरण गर्नु यो साम्राज्यवादीको दादागिरि नै हो ।
हुन त साम्राज्यवादी अमेरिकाले आफ्नो अस्तित्व कायम गर्न विभिन्न देशमाथि हस्ताक्षेप गर्दै आएको र विभिन्न देशमा आफ्ना जासुसी खडा गर्ने र सूचना लिने र हमला गर्ने गरेको छ । जेनजी आन्दोलनको नाममा युवा वर्गलाई परिचलान गर्ने जस्तै बंगलादेशको विद्यार्थीको नामको आन्दोलन ( २०२४ अगष्ट ५) मा भएको आन्दोलन नेपालको सेप्टेम्बर ८—९ सन् २०२५ को आन्दोलन माथि पनि सामाज्यवादीको घुसपैट देख्न सकिन्छ ।
देशभक्त आफ्नो टाउँको आफैले जलाउँदैन । जुन आन्दोलनमा सिंहदरबार जलेको छ भने न्यायालय जल्नु सरकारी सम्पत्ति तहसनहस हुनु यो राष्ट्रिय भवनाको मान्छेले गर्नै सक्दैन । यो वास्तवमा भन्नुपर्दा कुनै परिचालित मान्छे मात्र गर्ने सक्छ । यो घटना साम्राज्यवादको घुसपैठबाट नै भएको हो । विश्वमा यसरी साम्राज्यवादीले आफ्नो हैकम जमाउँदै जाने विशेष गरी अर्थतन्त्र वा खानीलाई कब्जा गर्ने योजना र आफूभन्दा शक्तिशाली राष्ट्रलाई निगरानी गरी हमला गर्ने योजनाले अमेरिकी साम्राराज्यवाद प्रवेश गर्ने गरेको छ ।
माथि उल्लेख भए अनुसार इराक, अफगानिस्तान र अहिले भएको भेनेजुयलाको आक्रमण अर्थको लागि र युक्रन लगायतका देशको आक्रमणको निगरानी हो । त्यसैगरी अमेरिकी नीति भनेको हात हतियार निर्माण गरी बिक्री गर्ने र द्धन्द्ध फैलाउने पनि हो ।
अन्य राष्ट्रको आर्थिक, समाजिक, साँस्कृतिक, प्रशासनिक, न्याय तथा सैन्यमा हस्तक्षेप गर्ने र त्यहाँको राज्य सत्ता पकडमा लिने गर्छ । कमजोर राष्ट्रलाई लोभ देखाउने, प्रकृतिका खानी कब्जा गरी आर्थिक लाभ लिने र शक्तिशाली राष्ट्रलाई हमला गर्ने सम्पूर्ण अर्थतन्त्र आफू केन्द्रिकृत गर्ने साम्राज्यवादीको नीति हो ।
यहि नीति अन्तरगत साम्राज्यवादी अमेरिकाको हमला आज विश्वभर फैलिएको छ । विश्वमा रहेको अर्थतन्त्र लगायत अन्य वस्तु कब्जा गर्दै आएको अमेरिका आज बिकृत हुन थालेपछि यसलाई जोगाउन विश्वभर विभिन्न बहानामा आफ्नो हस्तक्षेप पढाएको छ । यहि नीति अनुसार कुनै पनि राष्ट्र आफूभन्दा माथि जान लाग्यो भने त्यसलाई सिध्याउने साम्राज्यवादी नीतिले विश्व ध्वस्त पार्ने गरेको छ ।
यसले मानव शक्तिको हिंसामा परिणत भएको छ भने विश्व शान्ति भन्ने कुरा हराउँदै गएको छ । शक्तिशाली राष्ट्रले कमजोर राष्ट्रमाथि जे गरे पनि भएको छ । यसलाई निगरानी गर्ने शक्ति छैन । कि गर कि मर भन्ने अवस्थामा आएको यो युक्रेनको जनताको अवस्थाले जनाउँछ ।
यो नीति प्रयोग गर्ने अविकसित र अर्धविकसित देशहरुलाई आफ्नो पकटमा लिने सेना क्याम्प खडा गर्न राजनीतिक अस्थिता गराउने, त्यो राजनीतिक अस्थिरता हल गर्ने मान्छे पनि पठाउने धर्म, विकास, सेवाको नाममा पैसा बाँड्ने राज्य विकासको आश्वासन दिने र त्यहाँको खानी कब्जा गर्ने, नदिएको खण्डमा हमला गरी कब्जामा लिने र एउटा न एउटा बिल्ला भिराइ दिने जस्तै आतङ्ककारी, तस्करी हुसेनलाई आतङ्ककारी र नोरिया र मादुरोलाई लागुऔषध तस्करीको आरोप लगाउनु साम्राज्यवादीको बहाना हो । यो बहानामा आफ्नो सैनिक अखडा खडा गर्ने त्यहाँको कानुन मुठ्ठीभित्र कैद गर्ने साम्राराज्यवादी अमेरिकाले गर्दै आएको छ ।
नेपालको पनि आज धर्मको नाममा, जातको नाममा, संस्कृतिको नाममा, विकासको नाममा प्रतक्ष अप्रत्यक्ष साम्राज्यवादी हस्तक्षेप बढेको छ ।
अहिले भन्दा ४०० वर्ष अगाडी ईसाई धर्मको विकास भएता पनि पछिल्लो हिन्दुमा भएको असमानता, छुवाछुत, जातजाति धर्म, संस्कृति विभेद देखेपछि त्यहाँ हस्तक्षेप गर्न पुग्यो ।
नेपालको गरिवीको फाइदा उठाउँदै विकास वा सहयोगको नाममा हस्ताक्षेप, (कृषिमा अनुदान, महिला, समूह, वन समूह, खाद्यपोषण आदि ) सत्तामा हस्ताक्षेप (सैन्य, न्याय, व्यवस्था) आदिमा हस्तक्षेप बढाएको देखिन्छ ।
यहि आधारमा (सन् २०२३) मा सात वर्ष भित्र एक गाउँ एक चर्च बनाउने योजनाले गाउँ गाउँ पुग्यो । महिला समूह, वन समूह लगायतका विकासको योजनामा गाउँ गाउँ पुग्यो । र नेपालको माटो, भूमि, खानी सम्पूर्ण निरीक्षण गरपछि ।
नेपाली जनतालाई रोजगारी आवश्यकता र यहाँको सत्तालाई पैसाले किन्न सक्ने र यहाँको विकासको लोभ देखाएर खनिज पर्दाथ नै जाने योजनामा नेपालको निम्न विद्युत प्रशारण लाइन र सडक मर्मत सम्भार भनि ५० करोड अमेरिकी डलर एमसीसी २०७८ मा सडक संघर्ष हुँदा हुँदै पास गरे । त्यपछि एसपीपी सम्झौता पनि पास गरी अमेरिकी सेना परेड खेल्न खोजेको देखिएको छ ।
मिलेनियम च्यालेन्स कर्पोरेसन (एम सीसी) सन् २०१७ सेप्टेम्वर १४ मा नेपाल सरकारका अर्थमन्त्री ज्ञानेन्द्र कार्की र कम्पनीको तर्फबाट कामु कार्यकारी प्रमुख जोनाथ जी नास बीच सम्झौता गरिएको थियो । यसै क्रमा पत्रकार चलाउनेलाई नेपाल पठाएको थियो भने कलाकारलाई नेता बनाएर आफ्नो पकड जमाउन खोजेको छ ।
राजनीतिको नाममा विभिन्न गठबन्धन गरेर जेलेन्स्की जन्माउन सैन्य अखडा जमाएर छिमेकी देश भारत र चीन माथि हस्तक्षेप गरी र नेपालको भूमि प्रयोग गर्न साम्राज्यवादी अमेरिका लागेको छ । जहाँ जेनजी आन्दोलनपछि यहाँका राजनीतिक सत्ता कमजोर बनाउने जनताको मनोबल जित्ने र आफूले पठाएका पत्रकार, कलाकार, कर्मचारीको गठबन्धन गरी नेपाल माथि अमेरिकाले हस्तक्षेप गर्ने योजना सहित आज अगाडी बढेको छ ।
साम्राज्यवादी अमेरिका उसको योजना शक्तिशाली राष्ट्रलाई निगरानी गर्न र आफ्नो सेना सुनिश्चित गर्न नेपालको भूमि उपलब्ध हुने उसको भौगोलिक अध्ययनले निकालेको छ ।
दुई शक्तिशाली राष्ट्रलाई हमला गर्ने रणनीतिको साथ एमसीसी लिएर आएको छ ।
त्यसको साथसाथै यहाँ भएको खनिज पर्दाथ सुन, चाँदी, हिरा लगायतका खनिज कब्जा गर्ने योजनाले अमेरिकी साम्राज्यवाद भित्रँदै छ । जहाँ कृषिमा भूमि बैंक, पुँजी राज्यबाट पास गरी उन्नत जातका बीऊको नाममा वा रासायनिक मलको प्रयोगवाट कृषि कब्जा गर्ने, धर्मको नाममा ईसाई धर्म, वनको कार्वन उत्सर्जन गर्न वा डलरले कार्वन खरिद गरेर लोभ देखाएर, उत्पीडनमा महिला समूह गठन गरी अनुदानको नाममा आइएनजियो गठन गरी वितरण गर्ने आदिले देश कब्जा गरी सकेको छ । एमसीसी पास भएपछि एमसीए लागु गरी सैनिक अखडा जमाएर युद्धभूमी बनाउन लागेको छ ।
यसका लागि आफ्नो नुनपानी खुवाएर पत्रकार कलाकार, कर्मचारी पठाएको छ भने सुरक्षा अङ्ग, न्यायालय सबै पकडमा पारेको देखिन्छ । यसले नेपालमा एमसीसीले बम र बारुदको निम्तो दिएको छ भने एमसीएले सुरु गर्नेछ । त्यसैले अमेरिका साम्राज्यवादी हस्तक्षेपबाट बच्न उसले नुनपानी खाएर प्रयोग भएकालाई चिन्नुपर्छ र देशको स्वधिनता जोगाउन हामी क्रान्तिकारी शक्तिको एकताको अवश्यक छ । माओले भनेका थिए बाह्य शक्तिलाई परस्त गर्न आन्तरिक दुश्मनको पनि प्रयोग गर्नुपर्छ भनेका थिए । च्याङ काइसेकसँग मिलेर जापानीज साम्राज्यवादीको अन्त्य गरेका थिए ।
उत्तर कोरियामा पनि विदेशी जासुसलाई खोजी खोजी अन्त्य गरेपछि देश स्वाधिन बनाएका थिए । नेपालमा पनि आज अमेरिकी साम्राज्यवादीबाट प्रयोग गरेका सिआइएका जासुस, युरोपियन युनियनको भत्ता खाने जासुस र भारतको रबाट परिचालन गरेका जसुसलाई छानीछानी कारवाही गर्नु पर्छ भने एमसीसी र एमसीए जस्ता परियोजनालाई नेपालबाट लखेट्नुपर्छ र देशलाई बम र बारुदवाट बचाउन आजको आवश्यकता छ ।
विदेशी आइएनजीयो लगानी खारेजी गरी नेपालीलाई ऋण मुक्त गर्न आजको आवश्यकता छ । होइन भने नेपालमा पनि साम्राज्यवादीले बम र बारुदको निम्तो दिँदैछ । यसलाई रोक्न आज हामी देशभक्त क्रान्तिकारी शक्ति जुट्नुको विकल्प छैन । अहिले हामीले बुझ्न सकेनौं भने नेपाली उखान छ ‘अघि जानिएन पछि मानिएन’ भने झैं हुन्छ ।
त्यसले अमेरिकी साम्राज्यवादी हस्तक्षेप भइसकेपछि त्यसलाई यहाँबाट लखेट्न गाह्रो हुने हुँदा हस्तक्षेप हुनै नदिनु नै उत्तम उपाए हो । यसकारणलाई मध्यनजर राखेर अमेरिकी एमसीसी र एमसीए नेपालमा लागु हुन नदिनु नेपालको लागि उत्तम उपाय हो ।