• फाल्गुन २४ २०८२, आईतवार

नेपाल पूर्वप्रहरी संगठन बाग्लुङको १५औं साधारण सभा सम्पन्न, अध्यक्षमा कार्की चयन

पुष २१ २०८२, सोमबार

काठमाडाैं । नेपाल पूर्वप्रहरी संगठन बाग्लुङको १५औं साधारण सभा एवम् जिल्ला सम्मेलन भब्य रुपमा सम्पन्न भएको छ। उक्त सम्मेलनबाट  अध्यक्षमा पूर्व प्रहरी नायव उपरीक्षक टीकाबहादुर कार्की चयन भएका छन् ।

सम्मेलन नेपाल पूर्वप्रहरी संगठन बाग्लुङको आयोजनामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल पूर्वप्रहरी संगठनका सल्लाहकार पूर्व सहराष्ट्रिय अनुसन्धान निर्देशक भीमबहादुर थापाले पूर्वप्रहरीको हकहित र अधिकारका बारेमा सम्बन्धित निकाय सचेत हुनु पर्ने बताए ।

उनले कार्यक्रममा बोल्दै पूर्वप्रहरीका लागि सलामी व्यवस्था, निःशुल्क स्वास्थ्य तथा पूर्वप्रहरीको निधन प्रश्चात उनीहरुको घरघरमा गएर भेटघाट तथा सान्त्वना दिनु पर्नेमा जोड दिए । साथै प्रमुख अतिथि थापाले देशैभर रहेका पूर्वप्रहरीहरु आफ्नो हकअधिकारलागि एकजुट भएर अघि बढ्नु समेत बताए ।

त्यसैगरी सम्मेलनमा विशिष्ठ अतिथि नेपाल पूर्वप्रहरी संगठनका पूर्वकेन्द्रीय सदस्य, तथा गण्डकी प्रदेशका सल्लाहकार प्रहरी नायव निरीक्षक वीरसिंह घलेले कार्यक्रममा बोल्दै पूर्वप्रहरीहरु आफ्नो अधिकारका  लागि सक्रिय भएर आवाज उठाउनु पर्ने धारणा राखे । पूर्वप्रहरीहरुले देश र जनताका लागि महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै उनीहरुको योगदानलाई देश र जनताले कदर गर्नुपर्नेमा घलेको जोड थियो ।

कार्यक्रमको सभापत्वि प्रहरी नायव उपरीक्षक टीकाबहादुर कार्कीले गरेका थिए भने कार्यक्रममा स्वागत मन्तब्य वरिष्ठ उपाध्यक्ष प्रहरी हवल्दार विकास खड्काले राखेका थिए। सम्मेलनमा संगठनको प्रतिवेदन प्रहरी नायव निरीक्षक जीतबहादुर कार्कीले गरेका थिए भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष तेजबहादुर थापाले प्रस्तुत गरेका थिए ।

सम्मेलनमा विशेष अतिथिहरूमा गण्डकी प्रदेश विपद व्यवस्थापन गुल्मा बाग्लुङका प्रहरी निरीक्षक प्रकाशबहादुर रावत, जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रतिनिधि प्रहरी निरीक्षक यमनारायण आर्याल, पूर्वअध्यक्ष, ठाकुर सुवेदी, सल्लाहकार शिव थापा, वरिष्ठ उपाध्यक्ष र विकास खड्का, उपाध्यक्ष श्रीप्रसाद शर्मा, जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रतिनिधि प्रहरी निरीक्षक यमनारायण अर्याल, बलेवा इकाई अध्यक्ष प्रहरी नायव निरीक्षक रामप्रसाद शर्मा, गल्कोट नगरसमिति अध्यक्ष प्रहरी हवल्दार बेलबहादुर बोहरा लगायतका अतिथि कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रमको सहजीकरण सचिव प्रहरी नायब निरीक्षक जीतबहादुर कार्कीले गरेका थिए।

त्यसैगरी कार्यक्रमका अध्यक्ष पूर्वप्रहरी नायक उपरिक्षक टीकाबहादुर कार्कीले सम्पूर्ण सदस्यहरुलाई धन्यवाद एवंम बधाई दिंदै जिल्लाको गतिविधि बारे जानकारी दिए । उनले सदस्यहरुलाई जानकारी गराउँदै जिल्लाको गतिविधिबारे ब्रोसेट समेत निकालेकोमा सदस्यहरुलाई धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा बोल्दै नेपाल पूर्वप्रहरी संगठन बाग्लुङका सदस्यहरुले समाजसँग सहकार्य गर्दै थुप्रै समाजिक कार्य गरेकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा अझ यसरी नै सामाजिक कार्यमा जुझारु भएर लाग्नु पर्ने बताए ।

सम्मेलनको दोस्रो सत्रमा निर्वाचन मण्डलका अध्यक्ष प्रहरी नायब निरीक्षक शिव थापा, सदस्यहरु पूर्वअध्यक्ष प्रहरी नायव निरीक्षक ठाकुर सुवेदी, सदस्य प्रहरी नायव निरीक्षक हिमाल शर्मा सापकोटाको टीमले नयाँ कार्य समिति चयन गरेका थिए। जसमा अध्यक्षमा पूर्वप्रहरी नायव उपरीक्षक टीकाबहादुर कार्की चयन भएका छन् ।

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा पूर्वप्रहरी विकासबहादुर खड्का, उपाध्यक्ष पूर्वप्रहरी श्रीप्रसाद शर्मा, सचिव वरिष्ठ अनुसन्धान  रिपोर्ट बहादुर जिसी, सहसचिव पूर्वप्रहरी रामबहादुर क्षेत्री र कोषाध्यक्षमा पूर्वप्रहरी नायव निरीक्षक तेजबहादुर थापा, सहकोषाध्यक्षमा पूर्वप्रहरी नायव निरीक्षक दलबहादुर बस्याल चयन भएका हुन् ।

त्यसैगरी नयाँ कार्यसमितिमा सदस्यहरु पूर्वप्रहरी हवल्दार लालबहादुर केसी, पूर्व प्र.स.नि.चन्द्रबहादुर थापा, पूर्वप्रहरी सोमनारायण श्रेष्ठ, पूर्वप्रहरी बेलबहादुर बोहरा, पूर्वप्रहरी सरोज बगाले, पूर्व प्र.ना.नि. कृष्णबहादुर खत्री, पूर्व प्र.ना.नि. प्रेम सिंह चर्मकार, पूर्व प्र.स.नि. धनराज शर्मा पौडेल, पूर्वप्रहरी परिवार चनमति पुन, पूर्वप्रहरी परिवार लक्ष्मी थापा, पूर्व प्रहरी, भीमबहादुर खत्री, पूर्वप्रहरी प्रेमबहादुर खत्री र पूर्व प्र.का.स. टिकाराम उपाध्यक्ष चयन भएका हुन् ।

निर्वाचित नयाँ कार्यसमितिलाई निर्वाचन मण्डलका पदाधिकारीहरुले धन्यवाद तथा बधाई ज्ञापन व्यक्त गरेका थिए । साथै नयाँ निर्वाचित कार्यसमितिले छलफल गर्दै अर्को बैठकबाट सल्लाहकार र सदस्यहरु चयन गर्ने समेत बैठकबाट निर्णय लिइएकाे छ ।

अध्यक्ष शिव थापाले खादा ओढाई कार्यकाल सफलताको शुभकामनाका साथ बधाई दिंदै कार्यक्रम सम्पन्न भएको थियो । पूर्वप्रहरीहरुको हकहित र अधिकारकोलागि नेपाल पूर्वप्रहरी बाग्लुङले यस्तो कार्यक्रम गर्दै आइरहेको छ ।