काठमाडौं । विभिन्न सरकारी कार्यालयका वेबसाइट ह्याक गर्ने दुई जना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको साइबर ब्यूरोले झापाका सन्तोष चिमरिया र सन्तोष पौडेललाई निर्वाचन आयोग, राष्ट्रिय पञ्जीकरण विभाग, नेपाल मेडिकल काउन्सिल लगायत अन्य सरकारी कार्यालयका साइटमा अनधिकृत पहुँच बनाएको आरोपमा पक्राउ गरेको जानकारी दिएको छ ।
ब्युरोले उनीहरूलाई झापाबाट पक्राउ गरेको जनाएको छ । उनीहरुसँगबाट ल्यापटप, मोबाइल हार्ड ड्राइभ र रिपिटरलगायतका डिभाइसपनि बरामद गरेको ब्यूरोले जानकारी दिएको छ ।