• फाल्गुन २४ २०८२, आईतवार

विवादका बीच रास्वपाले फेरि बोलायो केन्द्रीय समिति बैठक

पुष १९ २०८२, शनिबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । रास्वपाले आइतबार दिउसो १ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्नेगरि केन्द्रीय समितिको बैठक बोलाएको हो ।

बैठकमा पार्टी समायोजन, बिस्तार एवं सुदृढीकरण बारे छलफल र निर्णय लिइने एजेण्डा रहेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।

रास्वपाले बालेन शाह र उज्यालो नेपाल पार्टीसँग एकता गरेको छ ।  जस अनुसार कुलमान घिसिङलाई सभापति रवि लामिछानेपछिको वरियता दिदै उपसभापति दिइएको छ भने बालेन शाह पक्षका केहि नेतालाई पदाधिकारीमा ल्याइने तयारी भएको छ ।