• फाल्गुन २४ २०८२, आईतवार

नक्कली प्रहरी बनेर औषधि पसलमा पैसा असुल्ने दुई जना पक्राउ

पुष १६ २०८२, बुधबार

काठमाडौँ । काठमाडौंका विभिन्न औषधि पसलहरूमा नक्कली प्रहरी बनेर त्रास देखाएर ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले काठमाडौंका विभिन्न औषधि पसलहरूमा नक्कली प्रहरी बनेर पसलको खानतलासी गरी लागु औषध तथा अवैध औषधिहरू बेचेको भन्दै त्रास देखाएर रकम असुली गर्ने सिन्धुपाल्चोक घर भइ काठमाडौंको गोकर्णेश्वर बस्ने ३७ बर्षीय नानीबाबु लामा  र दोलखा घर भइ काठमाडौं महानगर-६ बस्ने ३४ बर्षीय प्रकाश तामाङलाई गोकर्णेश्वर नगरपालिका ६ स्थित औषधी पसलबाट गरेको हो ।

दुवै जनालाई काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ ।