• फाल्गुन २३ २०८२, शनिबार

काठमाडौंमा तमु ल्होसारको रौनकता (तस्वीरमा)

पुष १५ २०८२, मंगलवार

काठमाडौं । आज देशैभरका गुरुङ (तमु) समुदायले ल्होसार पर्व मनाएका छन् । काठमाडौंको टुंडिखेलमा ल्होसारको विशेष रौनक देख्न सकिन्छ ।

गुरुङ समुदायका जानकाहरुका अनुसार पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जान्छन् ।

तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिइएको छ । कार्यक्रममा गुरुङ समुदायका मानिस परम्परागत एवं सांस्कृतिक भेषभूषामा सजिएर सहभागी भएका छन् । यस अवसरमा आइतबारदेखि राजधानीको टुँडिखेलमा ल्होसार महोत्सव सुरु भएको छ ।