काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकीकरण हुने भएको छ ।
नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठबीच सोमबार पार्टी एकतासम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
एकतापछि पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी र चुनाव चिह्न तारा नै रहनेछ । दुवै पार्टीबाट संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरू स्वतः नेपाली कम्युनिस्ट पार्टीको सदस्य हुने पनि सहमति भएको छ ।