काठमाडौं । काठमाडौं चन्द्रागिरि नगरपालिकाको नागढुंगादेखि सिस्नेखोला छिचोल्ने सुरूङमार्ग दसैंअघि नै सञ्चालनमा ल्याइने चनिएपनि अझै संचालनमा आएको छैन । सडक विभागले उक्त सुरुङमार्ग संचालनमा ल्याउने बताएको थियो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले पनि दसैंको अवधिमा काठमाडौं बाहिर जाने यात्रुवाहक सार्वजनिक सवारी साधनलाई नागढुंगा–सिस्नेरी सुरूङ मार्ग प्रयोग गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।
सञ्चालनको अन्तिम तयारीमा रहेको सुरूङ मार्ग, राजमार्ग जोड्ने सिस्नेखोला र बलम्बु फ्लाइओभरमा बत्ती जडान र रङरोगनको काम पूरा गरिसकिएको छ ।
