• फाल्गुन २४ २०८२, आईतवार

अवकासप्राप्त प्रहरी सहायक निरीक्षकको नक्कली प्रमाणपत्र, मुद्धा दायर

पुष ११ २०८२, शुक्रबार

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथ, काठमाडौंमा कार्यरत तत्कालीन प्रहरी सहायक निरीक्षक चक्रदेव भट्टको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको भन्दै मुद्धा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टले प्रहरी हवल्दारबाट सहायक निरिक्षकमा बढुवा प्रयोजनका लागि भारतको दिल्लीमा अध्ययन गरेको भन्दै नक्कली प्रमाणपत्र पेश गरेको पाइएको उल्लेख गरेको छ ।

अख्तियारले २०५० चैत्र २० गते नियुक्ति लिएर सहायक निरिक्षकसम्म पदोन्नती हुदै हाल निवृतभरण सहितको हैसियत, लाभ र सुविधा लिएर भ्रष्टाचारजन्य काम गरेको भन्दै विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको छ ।