काठमाडौंः नेपाली बजारमा सुन र चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छल्। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार ९०० रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य २ लाख ६८ हजार १०० पुगेको हो । यो हालसम्मकै उच्च मूल्य हो । यसअघि मंगलबार ५ हजार ५०० रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ६७ हजार २०० पुगेको थियो ।
यस्तै चाँदीको मुल्यले पनि ऐतिहासिक रेकर्ड कायम गरेको छ । यसदिन १६५ रुपैयाँले बढेर प्रतितोला चाँदीको मूल्य ४ हजार ४२० रुपैयाँ पुगेको छ ।
मंगलबार प्रतितोला चाँदी ४ हजार २५५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।