• फाल्गुन २४ २०८२, आईतवार

कर्णालीको प्रदेशस्तरीय सुरक्षा समितिको बैठक शुरु

पुष ९ २०८२, बुधबार

सुर्खेत । कर्णाली प्रदेशको प्रदेशस्तरीय सुरक्षा समितिको बैठक शुरु भएको छ । प्रदेशस्तरीय सुरक्षा समितिको बैठकका लागि गृहमन्त्री ओमप्रकाश अर्यालले उद्घाटन गरेका हुन् ।

बैठकमा कर्णाली प्रदेशको सुरक्षा चुनौती र आगामी निर्वाचनको सुरक्षा व्यवस्थापन, प्रदेशको सुरक्षा चुनौतीबारे छलफल जारी रहेको छ ।

बैठकमा गृहमन्त्री अर्यालसहित गृहसचिव रामेश्वर दंगाल, प्रवक्ता आन्नद काफ्लेका साथै महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका रथि गणेश कुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको छ ।

बैठकमा कर्णालीका १० वटै जिल्लाका जिल्ला प्रहरी कार्यालय प्रमुख, प्रमुख जिल्ला अधिकारीको सहभागिता रहको छ ।

प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सातै प्रदेशमा सुरक्षा समितिको बैठक भइरहेको छ ।