• फाल्गुन २४ २०८२, आईतवार

प्रधानमन्त्रीको राजीनामा माग्दै निकोलस भुसालले थाले आमरण अनसन

पुष ९ २०८२, बुधबार

अभियन्ता निकोलस भुसालले प्रधानमन्त्रीको राजीनामा माग्दै आमरण अनसन सुरु गरे ।उनले माइतीघरमा आन्दोलन सुरु गरेको जेनजी अभियन्ता अजय सोडारीले जानकारी दिए । जेनजी आन्दोलनको भावनाअनुसार सरकारले काम नगरेको भन्दै भुसालले अनसन थालेका हुन् ।

काठमाडौँ । अभियन्ता निकोलस भुसालले आमरण अनसन सुरु गरेका छन् । उनले गएराति १० बजेदेखि अनसन सुरु गरेका हुन् ।

प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै उनले राजधानीको माइतीघरमा आन्दोलन सुरु गरेको जेनजी अभियन्ता अजय सोडारीले जानकारी दिए ।

जेनजीको एक समूहले वर्तमान सरकारले जेनजी आन्दोलनको भावनाअनुसार काम नगरेको भनेर आन्दोलन गरिरहेको बेला भुसालले पनि आमरण अनसन थालेका हुन् । मिराज ढुंगाना नेतृत्वको संयुक्त जेनजी आन्दोलनले माइतीघरमै सरकार लक्षित आन्दोलन गर्दै आएको छ । सो आन्दोलनमा समेत भुसाल देखिएका थिए ।