• फाल्गुन २३ २०८२, शनिबार

सुत्नुअघि तातो पानीले खुट्टा धुनुहोस् , यस्ता छन् फाइदा

पुष ९ २०८२, बुधबार

आयुर्वेद र आधुनिक विज्ञान दुवैले भन्छन्-खुट्टाका तलुवा र मस्तिष्कबीच गहिरो सम्बन्ध हुन्छ। राति सुत्नुअघि केवल १० मिनेट तातो पानीमा खुट्टा डुबाउँदा तपाईंको शरीरको सम्पूर्ण प्रणाली ‘रिबुट’ हुन सक्छ।

जाडोमा खुट्टाको हेरचाह किन आवश्यक छ?
आयुर्वेद अनुसार खुट्टा शरीरको त्यस्तो भाग हो जहाँ ७२,००० भन्दा बढी नसाहरू अन्त्य हुन्छन्।

जाडोमा चिसोका कारण रगत सञ्चार सुस्त हुन्छ, जसले गर्दाः
निद्रा नलाग्ने
नसामा कडापन
दुखाइ
मानसिक तनाव बढ्ने गर्दछ।
तातो पानीले खुट्टा धुनु यी समस्याको प्राकृतिक समाधान हो।

आयुर्वेदिक महत्वः वात दोष सन्तुलन
आयुर्वेदमा जाडोलाई वात दोष बढ्ने समय मानिन्छ।
चिसो, सुख्खापन र भारीपनले वात बढाउँछ।

तातो पानीले खुट्टा धुँदाः
नसाहरूलाई तातोपन मिल्छ
शरीरमा स्थिरता (ग्राउन्डिङ) आउँछ
मन शान्त हुन्छ
चरक संहितामा पनि खुट्टा र पाउ धुने बानीले गहिरो र दीर्घ निद्रा आउने उल्लेख छ।

सुत्नुअघि तातो पानीले खुट्टा धुनुका सिद्ध फाइदा
१. गहिरो र छिटो निद्रा तातो पानीले नसाहरू रिल्याक्स गर्छ, मेलाटोनिन हर्मोनको स्राव बढ्छ र निद्रा छिटो आउँछ।
२. खुट्टाको चिसोपन, ऐंठन र दुखाइमा राहत
रक्तसञ्चार बढ्दाः
एडी दुख्ने खुट्टा कडिने चिसो खुट्टाको समस्या कम हुन्छ।

३. तनाव र मानसिक थकान कम दिनभरको मानसिक थकान खुट्टाबाट बाहिर निस्कँदा मन शान्त हुन्छ।
४. रगत सञ्चारमा सुधार
केशिका (Capillaries) खुल्दा हृदयदेखि आँखासम्म रगत आपूर्ति राम्रो हुन्छ।
५. फंगल संक्रमण र बदबासबाट बचाउ नियमित सफाइलेः
एथलिट फुट
खुजली
बदबासको जोखिम घटाउँछ।

६. पाचन र ग्यासमा सुधार
खुट्टाका केही नसाहरू पाचन प्रणालीसँग सम्बन्धित हुन्छन् । तातोपनले अपच र ग्यासमा राहत दिन्छ।
७. एडी फुट्ने समस्या कम
जाडोमा एडी फुट्नुको मुख्य कारण रगत सञ्चार कम हुनु हो।
तातो पानी र मालिसले एडी नरम र स्वस्थ राख्छ।

सही तरिका के हो?
1. एउटा टबमा मनतातो पानी राख्नुहोस्
2. चाहनु भएः
१ चिम्टी सेन्धा नुन, वा
२-३ थोपा तोरी वा तिलको तेल हाल्न सक्नुहुन्छ
3. खुट्टा ५-१० मिनेट डुबाएर राख्नुहोस्
4. सफा तौलियाले राम्ररी सुकाउनुहोस्
5. हल्का तिलको तेल वा घिउ तलुवामा मालिस गर्नुहोस्
6. सफा मोजा लगाएर सुत्नुहोस्

धेरै तनाव महसुस भएमा पानीमा २ थोपा ल्याभेन्डर तेल हाल्नुहोस्।
यसको सुगन्ध नाक हुँदै मस्तिष्कको लिम्बिक सिस्टम मा असर गरी ५ मिनेटमै मानसिक तनाव ५०% सम्म घटाउन सक्छ।
सेन्धा नुनमा रहेको म्याग्नेसियम छालाबाट सोसिएर मांसपेशीको खिचावट र ऐंठन तुरुन्त कम गर्छ।

आधुनिक विज्ञान के भन्छ?
तातो पानीले Peripheral Vasodilation गराउँछ
शरीरको Core Temperature सन्तुलनमा राख्छ
निद्राको गुणस्तर (Sleep Quality Index) सुधार गर्छ
नर्भस सिस्टम रिल्याक्स मोडमा जान्छ

रोचक तथ्य
खुट्टाका तलुवामा शरीरका प्रायः सबै अंगसँग सम्बन्धित रिफ्लेक्स पोइन्ट हुन्छन् । राति खुट्टा धुने मानिसमा अनिद्रा ३०-४०% कम देखिएको छ

मधुमेह भएका व्यक्तिका लागि
(डाक्टरको सल्लाह अनुसार) हल्का तातो पानी लाभदायक हुन्छ
खुट्टाका केही नसाहरू सिधै आँखासँग जोडिएका हुन्छन्,
त्यसैले खुट्टा तातो र सफा राख्दा आँखाको थकान पनि कम हुन्छ