• फाल्गुन २३ २०८२, शनिबार

जाडोयाममा स्वास्थ्य रहनका लागि महत्वपूर्ण सुझाव

पुष ७ २०८२, सोमबार

जाडोयाममा धेरैजसो मानिसले पानी कम पिउँछन्, किनकि चिसो मौसममा तिर्खा कम लाग्छ। तर राम्रो स्वास्थ्यका लागि दिनभरि २–३ लिटर पानी पिउनु अत्यन्त आवश्यक हुन्छ।

तारेका खानेकुराको सट्टा स्वस्थ बिहानको नास्ता
उमालेको चना
अंकुरित मूँग
मोठ र चनाको चाट
यसमा हरियो धनियाँ, टमाटर, हल्का नुन र जिरा मिसाएर माथिबाट कागती निचोरेर दिनुहोस्।
यसमा प्रशस्त भिटामिन E पाइन्छ, जसले अनुहारमा चमक ल्याई शरीरलाई ऊर्जावान बनाउँछ।

तरकारी प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा
तरकारी प्रयोग गर्नु अघि २–३ पटक पानीले राम्ररी धुनुहोस्।
छिल्दा पातलो छिल्का मात्र उतार्नुहोस्, किनकि छिल्का र गुदीको बीचको पातलो भागमा भिटामिन B प्रशस्त हुन्छ।
तरकारी धेरै बेर नपकाउनुहोस्, यसो गर्दा पोषक तत्त्व नष्ट हुन्छन्।

हरियो सागसब्जीको महत्व
पालुङ्गो साग, मेथी, मूलीका पात, चौलाई आदिमा आइरन र खनिज लवण प्रशस्त पाइन्छ।
क्याप्सुल वा औषधिबाट पूर्ति गर्नु भन्दा यस्ता सागसब्जीलाई नियमित भोजनमा समावेश गर्नु उत्तम हुन्छ।
हप्तामा ३–४ दिन हरियो सागसब्जी अनिवार्य खानुहोस्।
छिल्केसहितको दालसँग पकाउँदा अझ बढी लाभदायक हुन्छ, किनकि दाल प्रोटिनको ठूलो स्रोत हो।

अनाज सम्बन्धी उपयोगी सुझाव
भात पकाउँदा माँड नफाल्नुहोस्।
चोकरयुक्त रोटी साधारण रोटीभन्दा बढी ऊर्जादायी हुन्छ।
पीठो सधैं ठूला प्वाल भएको चलनी बाट मात्र छान्नुहोस्।

चिनीको सट्टा गुड प्रयोग गरौँ
मिठासका लागि चिनीको सट्टा गुड (चाकु/सख्खर) प्रयोग गर्नुहोस्।
गुडमा ग्लुकोज, आइरन, क्याल्सियम र क्यारोटिन पाइन्छ,
जसले रगत बढाउन र हड्डी मजबुत बनाउन मद्दत गर्छ।

खट्टा फल काँचै खानुहोस्
सकेसम्म सबै खट्टा फलफूल काँचै खानुहोस् र खुवाउनुहोस्।
आँवला बाहेक अन्य खट्टा फलफूल तथा तरकारीको भिटामिन C तताउँदा नष्ट हुन्छ।
सलादलाई दैनिक भोजनमा समावेश गरौँ
काक्रो, टमाटर, गाजर, मूली, पालुङ्गो, चुकन्दर, बन्दाकोपी आदि सलादका रूपमा खानुहोस्।
यसले आन्द्राको गति नियमित राखी कब्जबाट जोगाउँछ, जुन धेरै रोगहरूको जड हो।
✍️ लवराज
केन्द्रीय सदस्य
पतञ्जलि योग समिति नेपाल