• फाल्गुन २४ २०८२, आईतवार

मधेस प्रदेशको सभामुखको निर्वाचन आइतबार, आज उम्मेदवारी दर्ता

पुष ५ २०८२, शनिबार

जनकपुरधाम । मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते निर्वाचन हुने भएको छ । प्रदेश सभा सचिवालयले शुक्रबार सभामुखको निर्वाचन कार्यतालिका प्रकाशित गरिएको हो ।

जस अनुसार पुस ५ गते (आज) दिनको बिहान ११ बजेदेखि दिउसो ३ बजेसम्म  प्रदेश सभा सचिवालयमा उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ भने शनिबारनै दिउसो साढे ३ बजे उम्मेदवारको सुची प्रकाशित गर्ने तालिका छ ।

त्यसपछि पुस ६ बजे दिनको १ बजे बस्ने प्रदेश सभाको बैठकमा सभामुखलाई निर्वाचित गरियोस भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने छ ।