• फाल्गुन २४ २०८२, आईतवार

रास्वपाको सचिवालय बैठकले के के निर्णय गर्यो ?

पुष ३ २०८२, बिहीबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पौष १ र २ गते बसेको पार्टी सचिवालय बैठकले विभिन्न निर्णय गरेको छ ।

बैठकले समानुपातिक उम्मेदवार तय गर्न प्रदेश अनुसार सहजकर्ता नियुक्त गरेको छ भने प्रदेश र स्थानीय तहमा विजयी स्वतन्त्र उम्मेदवारसँग समन्वय गर्न ‘स्वतन्त्र जनप्रतिनिधि समन्वय कार्यदल’ गठन गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

रास्वपाको सचिवालय बैठकले गरेका निर्णयहरु:

१- प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२को समानुपातिक तर्फको उम्मेदवारका लागि  मङ्सिर मसान्तसम्म कुल ३२५ आवेदन प्राप्त भएको र आवेदन प्राप्त हुने क्रम जारी नै रहँदा प्राप्त आवेदकहरूको अगाडिको प्रक्रिया प्रारम्भ गर्दै जाने निर्णय गरियो। आवेदकहरूलाई सातै प्रदेशमा छलफलका लागि पुष ५ गते आमन्त्रण गर्ने र छलफल सहजीकरणका लागि समानुपातिक तर्फ उम्मेदवारी आवेदन नदिएका केन्द्रीय समितिका सदस्यहरूलाई तपशील बमोजिम जिम्मेवारी तोक्ने निर्णय गरियो।

सहजकर्ताहरू:

कोशी प्रदेश:

विपिन कुमार आचार्य, निशा डाँगी, अशोक कुमार चौधरी, सरिन तामाङ ।

मधेस प्रदेश:

मनिष झा, राजन गौतम, बिन्दबासिनी कंसाकार, तपेश्वर यादव।

बागमती प्रदेश:

विराज भक्त श्रेष्ठ, डा. तोसिमा कार्की,

रामकृष्ण भट्टराई, उपेन्द्र पाण्डे

गण्डकी प्रदेश:

शिशिर खनाल, असिम शाह, शिव नेपाली, मोहन थापा, राजन गौतम ।

लुम्बिनी प्रदेश:

गणेश पराजुली, क्रान्ति शिखा धिताल, लक्ष्मी तिवारी, देवराज पाठक ।

कर्णाली प्रदेश:

हरि ढकाल, बिनिता कठायत र मदन खड्का ।

सु.प. प्रदेश:

दिपकराज बोहरा, ध्रुव गिरी, प्रकाश बिष्ट ।

२- प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फ आवेदन दिने सदस्यहरूले परिवर्तन गरी प्रत्यक्षतर्फ आवेदन दिन चाहेमा २०८२ पौष ५गते दिनको ५ बजेसम्म थप शुल्क तिर्नु नपर्ने व्यवस्था गर्ने ।

३-  स्थानीय तह, प्रदेश तह र संघीय तहमा स्वतन्त्र उम्मेदवारी दिएका र स्वतन्त्र रूपमा निर्वाचित जनप्रतिनिधिहरूसँगको समन्वयका लागि तपसिलको ‘स्वतन्त्र जनप्रतिनिधि समन्वय कार्यदल’ गठन गर्ने।

संयोजक: विष्णु कुमार श्रेष्ठ, केन्द्रीय सदस्य

सदस्यहरू: बोधनारायण श्रेष्ठ उपप्रमुख केन्द्रीय संगठन विभाग र रन्जु दर्शना, पार्टी नेतृ।

४. पार्टीको उम्मेदवार छनोट अडिट समितिको संयोजकमा केन्द्रीय सदस्य उपेन्द्र पाण्डेलाई जिम्मेवारी दिने । समानुपातिक तर्फ उम्मेदवारका लागि आवेदन दिने केन्द्रीय समितिका सदस्यहरू समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा सहभागी नहुने ।

५. पार्टी केन्द्रीय विभागलाई निर्वाचन लक्षित गतिविधिमा संलग्न गराउन एवं समान बुझाई तयार गर्न महामन्त्री कविन्द्र बुर्लाकोटीको समन्वयमा २०८२ पौष ४ गते ‘निर्वाचन पूर्व तयारी छलफल’ आयोजना गर्ने ।

६. पार्टीको स्टार्टअप तथा नवप्रवर्तन विभाग प्रमुखमा भुवन केसीलाई मनोनयन गर्ने ।