काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित भएका छन् । केपी ओली प्यानलबाट पदाधिकारीमा पराजित भएका नेता रिमाल केन्द्रीय सदस्यमा समेत पराजित भएका हुन्।
उनले केन्द्रीय सदस्यमा ६३० मत मात्रै पाएका छन् । रिमाल उपमहासचिवमा पराजित भएका थिए । उपमहासचिवमा उम्मेदवार बनेका रिमालले १०९१ मत प्राप्त गर्दै चौथो स्थान हासिल गरेर पराजित भएका छन् ।