काठमाडौं । नेकपा एमालेको अध्यक्षमा तेस्रो पटक केपी शर्मा ओली विजयी भएका छन् । ओली तेस्रो कार्यकालका लागि नेकपा एमालेको अध्यक्षमा विजयी भएका हुन् ।
अध्यक्षका प्रत्यासी ईश्वर पोखरेललाई पराजित गर्दै ओली तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।
कुल २ हजार २ सय ६२ प्रतिनिधिमध्ये २२ सय २७ प्रतिनिधिले मतदान गरेकोमा ओलीले १ हजार ६६३ मत प्राप्त गरे ।
उनका प्रतिद्वन्द्वी ईश्वर पोखरेलले ५६४ मत पाए ।