• फाल्गुन २४ २०८२, आईतवार

एमाले महासचिवमा शंकर पोखरेल विजयी

पुष ३ २०८२, बिहीबार

काठमाडौं । नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् ।

मतगणना अपडेट अनुसार महाचिवमा पोखरेलले १२२८ मत प्राप्त गर्दै विजयी भएका छन् । त्यस्तै उनका प्रतिद्वन्दी सुरेन्द्र पाण्डेले ९९९ मत प्राप्त गरेका छन् ।

नयाँ नेतृत्व चयनका लागि २ हजार २६३ प्रतिनिधि चयन भएकोमा २ हजार २२७ मत खसेको थियो । यस अनुसार ९८.२७ प्रतिशत मतदान भएको थियो ।