• फाल्गुन २४ २०८२, आईतवार

चीनका राजदूत सोङ र प्रधानमन्त्री कार्की बीचकाे भेटमा के कुरा भयाे ?

पुष २ २०८२, बुधबार

काठमाडाैँ । नेपालका लागि चीनका राजदूत चेन सोङले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गरेका छन् ।

बुधवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा भेट भएको हो । भेटका क्रममा दुवै पक्षले नेपाल–चीनबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल गरेका छन् ।

राजदूत चेन सोङले नेपालको विकास र समृद्धिमा चीनको निरन्तर सहयोग रहने प्रतिवद्धता व्यक्त गर्दै दुई देशबिचको ऐतिहासिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने बताए ।

यो भेटले दुई छिमेकी राष्ट्रबिचको द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।