काठमाडौँ । धनुषाको विदेह नगरपालिका-२ स्थित शंकर जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक धनिकलाल ठाकुरसमेत २ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यालयमा आइटी ल्याव स्थापना तथा डिजिटल लाइब्रेरी सुदृढीकरण कार्यक्रममा ८ लाख ६२ हजार १५२ अनियमितता गरेको भन्दै प्रधानाध्यापक ठाकुरसहित दुई जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको छ ।
अख्तियारले प्रधानाध्यापक ठाकुर र विद्यालयका तत्कालीन लेखापाल स्व. अरुण कुमार कुशियैतकी श्रीमती सरिता देवी कुशियैतविरुद्ध मुद्धा दायर गरेको जानकारी दिएको छ ।