• फाल्गुन २४ २०८२, आईतवार

टुँडिखेलमा कामपाले ३१ औँ महानगर दिवस भव्य रूपमा मनाउँदै

मंसिर २९ २०८२, सोमबार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सोमवार ३१ औँ महानगर दिवस मनाउने भएको छ । महानगरले बिहान ९ बजे सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा ३१ औँ महानगर दिवस मनाउन लागेको हो ।

अरू औपचारिक मन्तव्यसहित सांगीतिक प्रस्तुति रहने महानगले जनाएको छ । महानगरपालिका अन्तर्गतमा सम्पूर्ण विभाग, सचिवालय, आयोजना, एकाइ, वडा, कार्यालयहरूका कार्यरत सबै कर्मचारीहरूलाई औपचारिक पोसाकमा अनिवार्य रूपमा उपस्थितिका लागि अनुरोध गरिएको छ । महानगरले हरेक वर्ष यो दिवस मनाउँदै आएको छ ।