काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले लाभांश प्रस्ताव पारित गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को वार्षिक साधारणसभा गरी १२.५० प्रतिशत लाभांश पारित गरेको हो ।
कम्पनीले १० प्रतिशत नगद र २.५० प्रतिशत बोनस सेयरको प्रस्ताव पारित गरेको छ ।
बोनस सेयर वितरण गरेपछि कम्पनीको जारी पुँजी र चुक्ता पुँजीमा वृद्धि भई जारी तथा चुक्ता पुँजी ५ अर्ब ५९ करोड रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ । कम्पनीले आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गरेको छ ।