• फाल्गुन २३ २०८२, शनिबार

इण्डियाकाे अरुणाचलमा मजदुर सवार ट्रक दुर्घटना, २१ को मृत्यु

मंसिर २५ २०८२, बिहीबार

काठमाडौं । भारतको अरुणाचल प्रदेशमा पर्ने अन्जा जिल्लाको छागलागाम नजिकै मजदुर सवार ट्रक दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ । ट्रक पहाडी बाटोबाट भीरमा खस्दा २१ जनाको मृत्यु भएको हो ।

अन्जा प्रहरीले घटना सोमवार रात ९ बजे आसपास भए पनि बिहीबार मात्रै जानकारीमा आएको बताएको छ । दुर्घटनामा परी घाइते भएका एक मजदुर आफै प्रशासन समक्ष पुगेर घटनाबारे बताएपछि दुर्घटनाबारे जानकारी भएको प्रहरीको भनाइ छ ।

दुर्घटनाको पुष्टि गर्दै अन्जा जिल्लाका पुलिस प्रमुख अनुराग द्विवेदीले बीबीसीसँग भनेका छन्, ‘२२ मजदुरहरू लिएर असमबाट अरुणाचल प्रदेश आउँदै गरेको ट्रक छागलागामभन्दा १० किलोमिटर अगाडि पहाडबाट गहिरो भीरमा खसेको छ ।’

प्रहरीका अनुसार अहिलेसम्म १३ मजदरको शव फेला परेको छ । बाँकी शवको खोजी कार्य भइरहेको छ ।

दुर्घटनामा बचेका बुद्धेश्वर नाम गरेका मजदुरले स्थानीय मिडियासमक्ष रातको समय गाडी चिप्लिएर सिधै गहरी भीरमा खसेको र अध्याँरोका कारण को कहाँ थिए भन्नेबारे थाहा नभएको बताएका छन् ।