• फाल्गुन २४ २०८२, आईतवार

सेयर बजारमा सामान्य गिरावट, साढे ३ अर्बको कारोबार

मंसिर २५ २०८२, बिहीबार

काठमाडौँ । सेयर बजार परिसूचक नेप्सेमा आज सामान्य अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक १.६६ अङ्कले घटेर २ हजार ६०७.३७ विन्दुमा बन्द भएको हो । यो अघिल्लो दिनको तुलनामा ०.६ प्रतिशतको गिरावट हो ।

आज नेप्सेमा ३ अर्ब ४९ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन ३२६ कम्पनीका ७७ लाख ६८ हजार ६०१ कित्ता सेयर ६९ हजार ७२९ पटक किनबेच भएका छन् ।

कारोबारमा आएका कम्पनीहरूमध्ये ९८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १४० वटा कम्पनीको मूल्य घटेको छ ।

११ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन । आज सर्वाधिक कमाउने कम्पनीमा स्वस्तिक लघुवित्त र एसवाई प्यानल रहेका छन् । स्वस्तिक सेयर मूल्य १० प्रतिशतले र एसवाई प्यानलको ९.९८ प्रतिशतले बढेको छ ।

कारोबार रकमका आधारमा आज ङादी पावर अग्रस्थानमा रहेको छ । यसको १८ करोड ९७ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

त्यस्तै, साहस ऊर्जाको लागि १२ करोड ३५ लाख रुपैयाँको कारोबार हुँदा अन्य स्क्रिपको कारोबार १० करोडभन्दा कम छ । समग्रमा बजार पूँजीकरण ४३ खर्ब ७७ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ ।