• फाल्गुन २४ २०८२, आईतवार

‘जेनजी’ सहमतिविरुद्ध सिंहदरबार घेराउ गर्दै मिराज समूह

मंसिर २५ २०८२, बिहीबार

काठमाडौं । गरी खान देऊ (मिराज ढुंगाना) समूहले बिहीबार (मंसिर २५) सिंहदरबार घेराउ गर्ने भएको छ । बुधबार (मंसिर २४) सरकार र ‘जेनजी’बीच भएको सहमतिविरुद्ध सिंहदरबार घेराउ गर्न लागिएको हो ।

मिराज समूहका जेनजी अगुवा हरिश भट्टले सरकारले कसैलाई काखा र पाखा गरेको बताए । “कार्की नेतृत्वको सरकारले कसैलाई काखा कसैलाई पाखा र्गयो । हामीलाई सिंहदरबार प्रवेशमै रोक लगाउने अनि एकथरी आफ्नो मान्छेलाई भित्र बोलाएर आफैँ मस्यौदाको ड्राफ्ट तयार पारेर सहमति गर्ने ? यसका विरुद्ध आज सिंहदरबार घेराउ गर्न जाँदै छौँ,” उनले भने ।

सरकार र जेनजी समूहबीच बुधबार साँझ १० बुँदे सहमति भएको थियो । त्यसपछि असन्तुष्टि जनाउँदै यो समूहले विज्ञप्ति जारी गरेको थियो ।