• फाल्गुन २४ २०८२, आईतवार

सवारी दुर्घटनामा उदयपुर र रुपन्देहीमा दुई जनाको मृत्यु

मंसिर २४ २०८२, बुधबार

काठमाडौँ । मंगलबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनाहरूमा उदयपुर र रुपन्देहीमा गरी दुई जनाको मृत्यु भएको छ ।

उदयपुरको चौदण्डीगढी नगरपालिका–४, थुलुङ डाँडास्थित सडकमा बा.९२ प ०८९७ नम्बरको मोटरसाइकल र प्र.१–०५–००२ प ०५८९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको हो।

मंगलबार दिउँसो भएको दुर्घटनामा प्र.१–०५–००२ प ०५८९ नम्बरको मोटरसाइकल चालक सोही ठाउँ बस्ने ५८ वर्षीय भक्तराम राई को मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नगर अस्पताल बेल्टारमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ । प्रहरीले बा.९२ प ०८९७ नम्बरको मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ ।

यसैगरी, रूपन्देहीको सैनामैना नगरपालिका ९६, क्याम्पस गेटस्थित सडकमा लु.प्र ०१–००१ च ११२४ नम्बरको कारले ठक्कर दिँदा पैदलयात्री सोही नगरपालिका ९५ प्रगतीटोल बस्ने ७० वर्षीय छबिलाल घिमिरे को मृत्यु भएको छ । मंगलबार राति भएको ठक्करबाट गम्भीर घाइते भएका घिमिरेको चौराह हस्पिटल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले कार चालकलाई नियन्त्रणमा लिएको छ ।