• फाल्गुन २३ २०८२, शनिबार

सुनको मूल्य आज पनि घट्यो,चाँदी तोलाको ३ हजार ६०० पुग्यो

मंसिर २३ २०८२, मंगलवार

काठमाडौंः नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । अघिल्लो दिन सोमबार ७०० रुपैयाँले बढेको सुन आज १ हजार रुपैयाँले घटेको हो ।

नेपाल सुन– चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ हजार रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य २ लाख ५१ हजार ९०० कायम भएको छ । सोमबार सुन प्रतितोला २ लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य घटे पनि चाँदी भने महंगिएको छ । आज १५ रुपैयाँले बढेर चाँदी प्रतितोलाको ३ हजार ६०० पुगेको छ । सोमबार एक तोला चाँदी ३ हजार ५८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।