• फाल्गुन २४ २०८२, आईतवार

आज मंसिर २३ गते मंगलबार: यस्तो छ तपाईंको राशिफल 

मंसिर २३ २०८२, मंगलवार

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारिवारिक सद्भावमा कमी आउनेछ। कृषि वा पशुपालनबाट राम्रो लाभार्जन गर्न सकिनेछ। कुनै कुरालाई लिएर मनमा मानसिक चिन्ता रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मिठो बोलीको सकारात्मक प्रभाव पर्नेछ। आफन्तहरू मध्य उत्तम भोजनको आनन्द मिल्ला। व्यापार व्यवसायमा सहयोगीहरूबाट सहयोग मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अक ३ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अनावश्यक यात्रामा धन खर्चका योग छन्। व्यर्थको काममा समय व्यतीत हुनेछ। कार्यक्षेत्रमा नयाँ अवसर पााउन सङ्घर्ष गर्नुपर्ला। स्वास्थ्यलाई लिएर सचेत रहनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मानसम्मानमा वृद्धि हुनेछ। नयाँ कार्यप्रति मन जानेछ। प्रशासनिक वा राज्य पक्षबाट सहयोग मिल्नेछ। सोचेका कामहरू बन्नेछन्। आजको शुभ रंग सेतो हो भने शुभ अक ७ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मन अशान्त रहनेछ। स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ। खोजी स्वभावले ठूलो समस्याबाट बचिएला। व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) समस्या दर्शाउँदा सहयोगीहरूले साथ दिनेछन्। अरुको लागि श्रम वा बुद्धि खर्च गर्नुपर्ला। लगनशीलताले कार्यमा सफलता पाइनेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफन्त वा मित्रवर्गहरूबाट सहयोग मिल्नेछ। स्वास्थ्य सबल रहनेछ। सानो दूरीको सुखद यात्राको योग छ। पराक्रमबाट शत्रुमाथि विजय प्राप्त गर्न सकिनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक १ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सामाजिक कार्यको लागि दिन अनुकूल रहनेछ। नयाँ पहिरनले व्यक्तित्वमा निखार आउनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। मन प्रसन्न रहनेछ। महत्वकांक्षी योजनाहरू पूरा हुनेछन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) व्यापार व्यवसायमा मनग्य लाभ आर्जन गर्न सकिनेछ। सन्तानको प्रसिद्धिले मन उत्साहित रहनेछ। नोकरी वा पेशामा अधिकारी वर्गहरु सहयोगी सिद्ध हुनेछन्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ६ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धार्मिक स्थलहरूमा भ्रमणका साथै केही परोपकार गर्न सक्नुहुनेछ। भाग्य सबल रहनेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा सफल रहनेछ। नयाँ कार्यमा रूचि उत्पन्न हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अक ४ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) जीवनसाथीको स्वास्थ्यमा सुधार आउनेछ। संवेदनशील मामलाहरूमा सफलता मिल्नेछ। कानुनी पक्ष सबल रहनेछ। कार्यक्षेत्रमा नयाँ सम्झौता गर्नुपर्ला। आजको शुभ रातो हो भने शुभ अंक ४ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) प्रेममा सफलता मिल्नेछ। मनमा परोपकारको भावना जागृत हुनेछ। सृजनात्मक वा कलात्मक क्षेत्रतिर मन जानेछ। विद्यार्थीहरूको बौद्धिक क्षमतामा विकास हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।