काठमाडौंः नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ भने चाँदीको भाउ घटेको छ । यसदिन सुनको मूल्य आइतबारको तुलनामा प्रतितोला ७०० रुपैयाँले बढेको छ भने चाँदी २० रुपैयाँले घटेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार ९०० कायम भएको छ । अघिल्लो दिन आइतबार सुन प्रतितोला २ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदीको मूल्य २० रुपैयाँले घटेर प्रतितोला ३ हजार ५८५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार एक तोला चाँदीको मूल्य ३ हजार ६०५ रुपैयाँमा कारोबार भएको थियो ।