• फाल्गुन २४ २०८२, आईतवार

एउटा व्यक्ति दुई पटकभन्दा बढी अध्यक्ष बन्न नपाउने कानुन बनाऔँः सुरेन्द्र पाण्डे

मंसिर २२ २०८२, सोमबार

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले एक व्यक्ति दुईपटक मात्रै अध्यक्ष बन्न पाउने व्यवस्था कानुनमै गर्नुपर्ने बताएका छन् । पार्टीको ११औँ महाधिवेशनमार्फत केपी शर्मा ओली अध्यक्षमा तेहेरिन खोजीरहेको सन्दर्भमा पाण्डेले उक्त टिप्पणी गरेका हुन् ।

एउटा व्यक्ति दुई पटकभन्दा बढी अध्यक्ष बन्न नपाउने व्यवस्था कानुनमा गर्नुपर्छ, सोमबार (मंसिर २२) मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पाण्डेले भने, ूनयाँ पार्टीमा पनि त्यही समस्या छ ।

उनले जबजको सही र एकरूप बुझाइको लागि दुई कार्यकाल र ७० वर्षे उमेरहद भने पनि लागू हुन नसकेको बताए । ूस्वयं अध्यक्ष (ओली) जबज भन्नुहुन्छ । जबजको सही र एकरुप बुझाइका निमित्र् दुई कार्यकाल र ७० वर्ष भनेका छौँ ।

लोकतान्त्रिक विधि बोकेको एमालेलाई अध्यक्ष ओलीले व्यक्तिवादी बनाएको भन्दै पाण्डेले असन्तुष्टि पोखे । लोकतान्त्रिक विधि बोकेको पार्टीलाई केपी ओलीले व्यक्तिवादी बनाए । नव पुस्ताले पनि भन्यो महाधिवेशनमा लिस्ट बाड्ने पार्टीमा किन आउने भन्यो,उनले भने । माथिबाट व्यक्ति छान्ने विधि जबजको नभएको पाण्डेको भनाइ छ ।