• फाल्गुन २४ २०८२, आईतवार

आसन्न निर्वाचनमा बेलायतबाटै मतदान गर्न पाउनुपर्ने माग राख्दै सिएनसिबिजिले गृहमन्त्री अर्याललाई ज्ञापन पत्र बुझायो

मंसिर २१ २०८२, आईतवार

गोर्खाहरुले वंशजको नेपाली नागरिकता निरन्तरता सहित आसन्न निर्वाचनमा बेलायतबाटै मतदान गर्न पाउनु पर्ने माग राख्दै गृहमन्त्रीसमक्ष भेटघाट तथा छलफल गरेको छ।

भूपू सैनिक कल्याण समिति, नेपाल र सि.एन.सि.बी.जि.युकेको तर्फबाट अन्तरिम सरकारका गृहमन्त्री ओम प्रकाश अर्याललाई भेटघाट गरी ज्ञापन पत्र बुझाइएको हो।

ज्ञापनपत्रमा बेलायत (विदेश) मा बस्ने नेपालीहरुको बंशजको नागरिकता निरन्तरता र विदेशमा रहेका नेपालीहरुले नागरिकता देखाएर भोट हाल्न पाउने व्यवस्था मिलाउन सरकारलाई निरन्तर दवाव दिर्दै आइरहेको विषयमा गृहमन्त्री ओम प्रकाश अर्यालको गम्भीर ध्यानाकर्षण भएको बताउनु भयो । साथै आफ्नो सरकारले यो विषयमा न्याय गर्ने समेत प्रतिबद्धता जनाउनु भयो।

CNCBG (Continuation of Nepali Citizenship for British Gurkhas) को प्रतिनिधि संस्था भूतपूर्व सैनिक कल्याणकारी समिति, नेपाल (भूपू. क.स.ने.) को प्रतिनिध मण्डल, गत ५ दिसेम्बर २०२५, शुक्रबारको दिन, गृह मन्त्रालय सिंहदरबार पुगेर, सन् १९४७को प्रतिनिधि मण्डल, गत ५ डिसेम्बर २०२५, शुक्रबारको दिन, गृह मन्त्रालय सिंहदरबा पुगेर, सन् १९४७ को त्रिपक्षीय सन्धी अनुसार बेलायती सेनामा सेवा गरेका र सेवारत गोर्खाहरु र निजका सन्ततीहरुको वंशजको नेपाली नागरिकता निरन्तरता हुनुपर्ने र आगामी राष्ट्रिय निर्वाचनमा आफ्नो नागरिकताको परिचयपत्र देखाई बेलायतबाटै मतदान दिने व्यवस्था मिलाई दिनुहुन सि.एन.सि.बी.जि.को माग गृहमन्त्री अर्याललाई बुझाएको छ । त्यसको साथै ज्ञापनपत्र समितिका सचिव तथा वरिष्ठ अधिवक्ता चेत आलेले पढेर सुनाएपछि अध्यक्ष थापाले गृहमन्त्री अर्याललाई हस्तान्तरण गर्नु भएको थियो।

“ज्ञानपत्र बुझेपछि गृहमन्त्री अर्यालले वृटिश गोर्खाहरु त्रिपक्षीय सन्धी अन्र्तगत बेलायती सेनामा सेवा गरेका हुनाले नेपाल सरकार तपाईहरुको नागरिकता निरन्तरताको सुनिश्चित गर्नुपर्नेमा सकारात्मक छ। तसर्थः त्यसको लागि के कति गर्न सकिन्छ मेरो तर्फ बाट मैले सक्दो सहयोग गर्नेछु।”

गहृमन्त्री आर्यालले विदेशमा बस्ने नेपालीले विदेशबाटै मतदान गर्न पाउने गरी व्यवस्था गर्नकोलागि सरकारले अध्यादेश ड्राफ्ट गरेर निर्वाचन आयोगमा पठाएको थियो, निर्वाचन आयोगले सहमतिका साथ फिर्ता पठाएको छ। अदालतको आदेश पनि मतदान दिने व्यवस्था गर्नु भन्ने छ । अब हामी त्यसलाई स्टकहोल्डरहरुको सहमति लिएर अगाडि बढाउँछौं । यसमा गोर्खाहरुको विषय त पर्ने नै भयो। हाम्रो सरकार यस विषयप्रति गम्भीर रहेको र हामीहरु कसरी हुन्छ तपाईहरुलाई समेटने प्रयन्तरत छौं भनेर गृहमन्त्री अर्यालले जवाफ दिनु भएको थियो।

प्रतिनिधि मण्डलको नेतृत्व समितिका अध्यक्ष  हुम बहादुर थापाले गरेका थिए भने समितिका सचिव तथा वरिष्ठ अधिवक्ता चेत आले मगर, कोषाध्यक्ष  खुन बहादुर राना, सिएनसिबिजिको सदस्य पूर्ण बहादुर राना मगर , प्रतिमाया पुन मगर , कौशल जंग घले , दिल बहादुर क्षेत्री र अम्बिका कुमारी खुलाल मगर सहभागी थिए।

समाचारप्रति आफ्नो प्रतिकृया जनाउँदै सि.एन.सि.बि.जि.का अध्यक्ष थर्क रानाले यो महत्वपूर्ण भेटघाटको सम्पूर्ण व्यवस्था मिलाउने भूपु. सै.क.स.ने.का अध्यक्ष थापा र सचिव आले साथै आफ्नो व्यस्त समयको बाबजुद पनि हाम्रो मागलाई धैर्यतापूर्वक सुनेर त्यसलाई सकारात्मक रुपमा लिई आफ्ना तर्फबाट सहयोगको आश्वासन दिनु भएकोमा गृह मन्त्रीलाई धन्यवाद दिनु भएको छ।

अध्यक्ष रानाले हामी गृह मन्त्रीले आश्वासनमा भर परेर मात्र बस्नेवाला छैनौं, स्मरणीय रहोस् गत नोभेम्बर २१, २०२५ का दिन सि.एन.सि.वि.जि.ले यसै सम्बन्धमा प्रधानमन्त्री शुशीला कार्काीलाई नेपाली राजदुताबास लण्डनमार्फत ज्ञापन पत्र पठाएको छ, उक्त ज्ञापनपत्रको जवाफ हो केही समय पर्खेर र्हेछौं । यो अभियान जस्तोसुकै परिस्थितिमा पनि निरन्तर रहनेछ, जसको जवाफ हामीले पाउनुपर्छ। अन्तमा अध्यक्ष रानाले सम्पूर्ण गोर्खा साथै गोर्खाका सन्ततिहरुलाई आफ्नो नैसर्गिक अधिकारको सुनिश्चिता गर्न हाम्रो यस अभियानमा सहभागी भई आफ्नो तर्फबाट नैतिक, भौतिक साथै आर्थिक सहयोग गर्नु हुन सि.एन.सि.बि.जि.को तर्फबाट हार्दिक अपिल गर्नु भएको दल बहादुर बुढाथोकीले गोलखबर मिडियालाई जानकारी दिनु भयो।