• फाल्गुन २३ २०८२, शनिबार

बौद्ध जागरण संघको आयोजनामा थाइल्याण्डको धार्मिक भ्रमण सम्पन्न

मंसिर २१ २०८२, आईतवार

काठमाडौं । बौद्ध जागरण संघले पहिलोपटक थाइल्याण्डमा अन्तर्राष्ट्रिय धार्मिक भ्रमण सफलतापूर्वक सम्पन्न गरेको छ ।

मंसिर १२–१९ गते सञ्चालन भएको भ्रमणमा टोलीले बैंकक, पटैया, कोरला आइसल्यान्ड, इन्द्रबजार, सिजिई, प्लेटन बजार र एमकेडी जस्ता प्रमुख स्थलहरूको अवलोकन गर्दै बौद्ध धर्म सम्बन्धी प्रवचन, ध्यान र अनुभव संकलन गरेको थियो ।

भ्रमण टोलीमा लमजुङको समुताँ गुम्बामा आवद्ध २० जना सहभागी थिए । थाइल्याण्ड भ्रमणमा घले समाज लमजुङका अध्यक्ष वीरसिंह घले लगायत खुशिराम गुरुङ, मनबहादुर गुरुङ, तोक बहादुर गुरुङ, धन बहादुर गुरुङ, कृष्णराम गुरुङ, गोरीमाया गुरुङ, राधिमाया गुरुङ, यममाया गुरुङ, पदमीमाया गुरुङ, भिम बहादुर तामाङ, अशोक तामाङ, धर्म सिंगार तामाङ, पवन बहादुर तामाङ, इन्द्र बहादुर शिल्पकार, कृष्ण बहादुर लामा, विष्णु व्यञ्जनकार, रामदेवी मगर, सीता नेगी र बौद्ध धर्मका धर्मगुरु काँइला लामा रहेका छन् ।

भ्रमण सफलतापूर्वक सम्पन्न गरेकोमा संघका सल्लाहकार सुरजबहादुर तामाङले भ्रमण टोलीलाई खादा ओढाई स्वागत गर्दै बधाई ज्ञापन गरे ।

भ्रमणको समापनपछि मंसिर २० गते लमजुङमा समीक्षा बैठक सम्पन्न गरिएको छ । धर्मगुरु अध्यक्ष काँइला लामाले प्रवचन तथा ध्यान कार्यक्रम सञ्चालन गर्दै सहभागीहरूलाई आफ्नो आत्मा शुद्ध गर्ने, सधै राम्रो काम गर्ने र सत्यको बाटो हिँड्ने प्रेरणा मिल्ने मन्तब्य दिएका थिए । संघका सचिव भिमबहादुर तामाङले कार्यक्रम संचालन गरेका थिए । सो टोलीको थाइल्याण्ड भ्रमणका लागि आवासीय व्यवस्था पदमराज घलेले मिलाएका थिए ।

भ्रमणमा सहभागीहरूले यस किसिमको भ्रमणले बौद्ध धर्मको प्रचार–प्रसार र सांस्कृतिक आदानप्रदानमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।