• फाल्गुन २३ २०८२, शनिबार

मगर पब्लिकेशन फाउण्डेशनको बार्षिक साधारणसभा सम्पन्न

मंसिर २१ २०८२, आईतवार

मगर पब्लिकेशन फाउण्डेशनको प्रथम साधारणसभा शनिबार मगर मूलघर कलंकी काठमाण्डौंमा सम्पन्न भएको छ ।

कार्यक्रमको प्रमुख अतिथि नेपाल मगर संघ केन्द्रीय समितिका अध्यक्ष ज्ञानेन्द्र पुनमगरले नेपाल मगर संघ केन्द्रीय समितिले असीको दशकलाई मगरको दस्तावेजीकरणको दशक बनाउने लक्ष्य लिएकोमा खुशी व्यक्त गर्दै उहाँले आउँदा दिनमा मगर पब्लिकेशनले थप योगदान पुर्‍याउनेमा जोड दिनु भयो । साथै फाउण्डेशनको बार्षिक साधारण सभाको शुभकामना व्यक्त गर्नु भयो ।

त्यसैगरी विशिष्ट अतिथि विजय हितान, देउ बहादुर राना, डा. विष्णु कुमार सिंजाली लगायतले सधारण सभाको सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा अतिथिहरु पब्लिकेशनका सदस्य लबराज थापामगर, आदिकवि जित बहादुर सिंजाली साहित्य प्रतिष्ठानका अध्यक्ष सन्जोग लाफामगर, मगर अध्ययन केन्द्रका अध्यक्ष हर्कबहादुर थापामगर, डा. तिलु थापामगर, पब्लिकेशन सदस्य एवं निर्देशक थर्क बहादुर थापामगरले शुभकामना व्यक्त गरेका थिए ।

साधारणसभामा सहसचिव दिलप्रसाद मगरले बार्षिक प्रतिवेदन र आगामी बर्षको प्रस्तावित कार्यक्रम प्रस्तुत गर्नु भएको थियो भने साथै आर्थिक प्रतिवेदन फाउण्डेशनका कोषाध्यक्ष प्रमिला थापामगरले प्रस्तुत गर्नु भएको थियो । यस साधारण सभाको अवसरमा फाउण्डेसनले आजीवन सदस्य विजय हितानलाई सम्मान गरेको थियो भने फाउण्डेशनका साधारण सदस्य तथा अतिथिहरुलाई फाउण्डेशनद्वारा प्रकाशित पुस्तकहरु वितरण गरेको थियो ।

प्रारम्भमा १७ जना संस्थापक सदस्यद्वारा स्थापना गरिएको मगर पब्लिकेशन फाउण्डेशनमा हाल आजीवन र साधारण गरि ८५ जना सदस्यहरु रहेको र मगर पब्लिकेशन फाउण्डेशनले हालसम्म १७ वटा पुस्तकहरु प्रकाशन गरिसकेको फाउण्डेशनका अध्यक्ष डा.नरमाया थापाले बताउनु भयो । शनिबारको साधारण सभाले डा. नरमाया थापामगरको अध्यक्षतामा ११ सदस्यीय संचालक समिति चयन गरेको छ ।

प्रथम साधरणसभा फाउण्डेशनका अध्यक्ष डा.नरमाया थापामगरको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको उद्घाटन समारोहमा फाउण्डेशनका उपाध्यक्ष अर्जुन थापामगरले स्वागत मन्तव्य दिनु भएको हो । उद्घाटन कार्यक्रमको संचालन फाउण्डेशनका सचिव अश्वीर थापामगरले गर्नुभएको थियो ।